कोपा अमेरिकाः पेरुले पराग्वे तथा ब्राजिलले चिलीको सामना गर्दै एजेन्सी। कोपा अमेरिका फुटबलअन्तर्गत आज हुने क्वाटरफाइनलको पहिलो खेलमा पेरु र पराग्वेबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार राती २ः४५ बजेबाट सुरु हुनेछ। पेरु समूह ‘बी’ उपविजेतको रुपमा क्वाटफाइनल प्रवेश गर्दा पराग्वे समूह ‘ए’को तेस्रो स्थानमा रहदै अन्तिम ८मा आएको हो। त्यस्तै अन्तिम ८को दोस्रो खेलमा आयोजक साविक विजेता ब्राजिलले चिलीको सामना गर्दैछ। यी दुईबीचको खेल भोली बिहान ५ः४५बजेदेखि सुरु हुनेछ।
प्रतिक्रिया दिनुहोस्