टोटेनह्यामको मुख्य प्रशिक्षकमा नुनो स्पिरिटो सान्टो एजेन्सी।इङ्लिस प्रिमियर लिगको क्लब टोटेनह्यामले उल्भरह्याम्पटनका पूर्वप्रशिक्षक नुनो स्पिरिटो सान्टोलाई अनुबन्ध गरेको छ। टोटेनह्यामले नुनोसँग दुई वर्षका लागि सम्झौता गरेको छ। उल्भरह्याम्पटनमा उत्कृष्ट चार सिजन बिताएपछि नुनोले गत मेमा क्लब छाडेका थिए। नुनोको प्रशिक्षणमा उल्भरह्याम्पटनले युरोपा लिगको क्वार्टरफाइनल खेलेको थियो। टोटेनह्यामले गत अप्रिलमा जोजे माउरिन्होलाई बर्खास्त गरेको थियो। त्यसपछि २९ वर्षे रायन मासनले सिजनको अन्त्यसम्म टोटेनह्यामको जिम्मेवारी सम्हालेका थिए।
प्रतिक्रिया दिनुहोस्