बार्सिलोनासँगको सम्झौता समाप्त, मेस्सी स्वतन्त्र
काठमाडौं।बार्सिलोनासँग अर्जेन्टिनी सुपर स्टार लियोनल मेस्सीको सम्झौता सकिएको छ। वर्तमानका सर्वोत्कृष्ठ फुटबलरमध्ये एक मेस्सी सम्झौता गएरातिबाट सकिएसँगै स्वतन्त्र भएका छन्। एक वर्षअघि उनले बार्सिलोना छाड्न चाहेका भए पनि सम्झौतामा रहेको व्यवस्थाका कारण बस्न बाध्य भएका थिए।उनी बार्सिलोनामै बस्ने अड्कलबाजीबीच नयाँ सम्झौता हुन सकेको छैन। यद्यपि नयाँ सम्झौताका लागि छलफल जारी रहेका कारण उनले फेरि बार्सिलोनामै बस्ने निर्णय गर्न सक्नेछन्।
प्रतिक्रिया दिनुहोस्
