तेस्रो वरियाताप्राप्त स्भितोलिना विम्बल्डनको दोस्रो चरणमा एजेन्सी। तेस्रो वरियाताप्राप्त एलिना स्भितोलिनाले विम्बल्डन टेनिसको दोस्रो चरणमा स्थान बनाएकी छन्। युक्रेनकी २६ वर्षिया स्भितोलिनाले बेल्जियमकी एलिसन भान युटभान्कलाई ६–३, २–६, ६–३ को सेटमा हराएकी हुन्। २०१९ मा विम्बल्डनको सेमिफाइनल खेलेकी स्भितोलिनाले अब पोल्यान्डकी माग्डा लिनेटविरुद्ध प्रतिस्पर्धा गर्नेछिन्। लिनेटले अमेरिकाकी अमान्डा अनिसिमोभालाई २–६, ६–३, ६–१ को सेटमा हराउँदै दोस्रो चरणमा स्थान बनाएकी थिइन्।
प्रतिक्रिया दिनुहोस्