लिभरपुलका पूर्व प्रशिक्षक बेनिटेज एभर्टनमा एजेन्सी। इङ्लिस प्रिमियर लिगको क्लब एभर्टनले लिभरपुलका पूर्व प्रशिक्षक राफेल बेनिटेजलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। स्पेनका ६१ वर्षे बेनिटेजले एभर्टनसँग तीन वर्षको सम्झौता गरेका छन्। रियाल मड्रिडका प्रशिक्षण सम्हालिसकेका बेनिटेजले प्रिमियर लिगमा पछिल्लो पटक न्युक्यासल युनाइटेड सम्हालेका थिए। त्यसपछि उनी चीनको डालियन प्रोफेसनल एफसी गएका थिए। कार्लो एन्सेलोट्टी रियाल मड्रिड गएपछि एभर्टनमा प्रशिक्षकको पद खाली भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्