जापानका निशिओका पनि विम्बल्डनको दोस्रो चरणमा
एजेन्सी। जापानका योशिहितो निशिओकाले विम्बल्डन टेनिसको दोस्रो चरणमा स्थान बनाएका छन्। २५ वर्षे निशिओकाले २८औं वरियाताप्राप्त बेलयातका जोन इस्नरलाई ७–६(७/५), २–६, ६–३, ६–७(७÷३), ६–४ को सेटमा हराएका हुन्। निशिओकालाई जित्नका लागि ३ घण्टा १८ मिनेट लाग्यो। निशिओकाले अब दोस्रो चरणमा स्लोभेनियाका अल्जाज बेडेनेविरुद्ध खेल्नेछन्। जापानका अर्का स्टार काई निशिकोरीले पनि दोस्रो चरणमा स्थान बनाइसकेका छन्।
प्रतिक्रिया दिनुहोस्
