पाँचौं वरियाताकी वियान्का आन्द्रेस्कु विम्बल्डनको पहिलो चरणबाटै बाहिरिन्
एजेन्सी। पाँचौं वरियाताप्राप्त वियान्का आन्द्रेस्कु लन्डनमा जारी विम्बल्डन टेनिसको पहिलो चरणबाटै बाहिरिएकी छन्। क्यानडाकी आन्द्रेन्कु ५८औं वरियाताप्राप्त फ्रान्सकी एलिज कोर्नेटसँग ६–२, ६–१ को सोझो सेटमा पराजित भएकी हुन्। कोर्नेटले अब दोस्रो चरणमा अष्ट्रेलियाकी आइला टोमलियानोभिच र बेल्जियमकी ग्रीट मिनेनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछिन्। विम्बल्डनमा २१ वर्षिया आन्द्रेस्कु यसअघि २०१७ मा मात्र पहिलो चरणबाट बाहिरिएकी थिइन्।
प्रतिक्रिया दिनुहोस्
