लेस्टरले भित्र्यायो २२ वर्षे पाटसन डाका
एजेन्सी। इङ्लिस प्रिमियर लिगको क्लब लेस्टर सिटीले जाम्बियाका युवा स्ट्राइकर पाटसन डाकालाई अनुबन्धित गरेको छ। आरबी साल्जवर्गका पाटसनलाई लेस्टरले २२ वर्षे पाटसनलाई दुई करोड तीस लाख पाउण्डमा अनुबन्ध गरेको जनाइएको छ। पाटसनले साल्जबर्गका लागि १२५ खेलमा ६८ गोल गरेका छन्। उनले लेस्टरसँग पाँच वर्षका लागि सम्झौता गरेको जनाइएको छ। लेस्टरले ७ अगष्टमा कम्युनिटी सिल्डको उपाधिका लागि म्यानचेस्टर सिटीविरुद्ध खेल्नेछ।
प्रतिक्रिया दिनुहोस्
