सेरेना विम्बल्डनबाट बाहिरिएको हेर्न सकिँन : कोको गउफ
एजेन्सी।अमेरिकाकी युवा स्टार कोको गउफले गएराति सात पटकको विजेता सेरेना विलियम्स चोटका कारण विम्बल्डनबाट बाहिरिएको दृष्य हेर्न नसकेको बताएकी छन्। बेलारूसकी एसिकसान्द्रा सास्नोभिचसँग पहिलो सेट ३–३ को अवस्था हुँदा घाइते भएपछि प्रतियोगिताबाट बाहिरिएकी थिइन्। गउफले भनिन्, ‘‘म जिममा थिए। त्यो भावनात्मक दृष्य मैले हेर्न सकिँन। मलाई साह्रै पीडा भयो। टिभीबाट मुख मोडे।’’ गउफले पहिलो चरणमा बेतायतकी फ्रान्सेस्का जोन्सलाई हराएकी थिइन्।
प्रतिक्रिया दिनुहोस्
