इङ्ल्यान्डलाई अब खतरनाक टिमका रूपमा हेरिनेछ : कप्तान केन
एजेन्सी। कप्तान ह्यारी केनले युरो–२०२०मा इङ्ल्यान्डलाई अब एक खतरनाक टिमका रूपमा हेरिने जनाएका छन्। इङ्ल्यान्डले गएराति जर्मनीलाई २–० ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको छ। सेमिफाइनल प्रवेशका लागि युक्रेनसँग प्रतिस्पर्धा गर्ने इङ्ल्यान्डका कप्तान केन भन्छन्, ‘‘ठूलो आशा गरिएको बेला हामीले नतिजा दिएका छौं। यो ठूलो सफलता हो। अब सबै टिमले हामीलाई खतरनाक टिमका रूपमा हेर्नेछन्।’’
प्रतिक्रिया दिनुहोस्
