राशफोर्ड भन्छन्, सान्चो युनाइटेड आउने पक्का एजेन्सी। म्यानचेस्टर युनाइटेडका फरवार्ड मार्कुस राशफोर्डले बोरुसिया डर्टमण्डका जाडोन सान्चो इङ्ल्यान्ड फर्किने पक्का भएको बताएका छन्। सामाजिक सञ्जाल ट्विटरमा सान्चो युनाइटेड आउनेबारे सोधिएको प्रश्नबारे राशफोर्डले भनेका छन्, ‘‘हो। आउछन्।’’ इङ्ल्यान्डका २१ वर्षे विंगर सान्चो लामो समयदेखि युनाइटेड आउने चर्चा थियो। म्यानचेस्टर सिटीबाट युथ करियर सुरू गरेका सान्चोले डर्टमण्डबाट ५५ गोल गरिसकेका छन्। सान्चो अहिले युरोकप खेल्ने इंग्लिस टोलीमा छन्।
प्रतिक्रिया दिनुहोस्