इङ्ल्यान्ड पाँच विकेटले विजयी
एजेन्सी। जो रूटको अविजित ७९ रन र क्रिस वक्सको चार विकेटप्रेरित इङ्ल्यान्डले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पाँच विकेटको विजय हासिल गरेको छ। कुशल परेराले ७३ रन बनाएपछि टस हारेर ब्याटिङका लागि निम्त्याइएको श्रीलंकाले ४२.३ ओभरमा सबै विकेट गुमाएर १८५ रन बनायो। १८६ रनको लक्ष्य इङ्ल्यान्डले ३४.५ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो। तीन खेलको शृंखलामा इङ्ल्यान्डले १–० अग्रता लियो।
प्रतिक्रिया दिनुहोस्
