नकआउट चरणमा ५५ वर्षपछि जर्मनीमाथि इंग्ल्यान्डको जित काठमाडौं। जर्मनीलाई २–० ले पराजित गर्दै इंग्ल्यान्ड युरोकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। गएराति घरेलु मैदान वेम्बलीमा इंग्ल्यान्डका लागि रहिम स्टर्लिङले ७५ औं र ह्यारी केनले ८६ औं मिनेटमा एक एक गोल गरे। इंग्ल्यान्डले कुनैपनि प्रतियोगिताको नकआउट चरणमा जर्मनीमाथि ५५ वर्षपछि जित हात पारेको हो। योसँगै ग्रुप अफ डेथ मानिएको समूह एफमा रहेका सबै चार टोली आउट भएका छन्।
प्रतिक्रिया दिनुहोस्