म माफी चाहन्छुः एमबाप्पे एजेन्सी।सोमबार राति स्विट्जरल्यान्डविरुद्ध पेनाल्टी सुटआउटमा गोल गर्न असफल भएका फ्रान्सका युवा स्ट्राइकर केलियन एमबाप्पेले माफी मागेका छन्। एमबाप्पे गोल गर्न चुकेपछि फ्रान्स स्विट्जरल्यान्डविरुद्ध पेनाल्टी सुटआउटमा ५–४ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो। इन्स्टाग्राम एक पोस्ट गर्दै एमबाप्पेले आफुले टोलीलाई सहयोग गर्न चाहेपनी असफल भए भन्दै उक्त पेनाल्टीका लागि माफी चाहेको बताए। उनले उक्त पेनाल्टीपछि आफुलाई सुत्न धेरै गार्हो भएकोसमेत बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्