समूह उपविजेता बन्दै उरुग्वे कोपा अमेरिका कपको नकआउट चरणमा एजेन्सी।कोपा अमेरिका फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा पाराग्वेलाई १-० ले पराजित गर्दै उरुग्वे समूह 'ए'को उपविजेता बन्दै प्रतियोगिताको नकआउट चरणमा पुगेको छ।ओलम्पिक रंगशालामा सम्पन्न खेलमा उरुग्वेका लागि एडिन्सन काभानीले २१ औ मिनेटमा पेनाल्टीमार्फत निर्णाएक गोल गरे।उरुग्वेसँग पराजित भएको पाराग्वे समूहको तेस्रो स्थानमा रहदै नकआउटमा प्रवेश गरेको छ।समूह 'ए' बाट उरूग्वे र पाराग्वेसँगै अर्जेन्टिना र चिली नकआउट चरणमा पुगेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्