बोलिभियालाई हराउँदै अर्जेन्टिना समूह विजेता एजेन्सी।कोपा अमेरिका कप फुटबलअन्तर्गत मंगलबार बिहान सम्पन्न समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले बोलिभियामाथि ४–१ को जित हात पारेको छ।यसअघि नै क्वाटरफाइनलमा पुगेको अर्जेन्टिना यो जितसँगै समूह 'ए' को विजेता बन्यो।अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सीले दुई गोल गरे भने एक गोलका लागि पास उपलब्ध गराए।अलेक्जान्द्रो गोमेज र लौटारो मार्टिनेजले एक/एक गोल गरे।बोलिभियाका एर्विन साभेद्राले एक गोल फर्काए।बोलिभिया समूह चरणबाटै बाहिरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्