स्वीट्जरल्याण्ड युरोकपको क्वाटरफाइनलमा, विश्व विजेता फ्रान्स टाइब्रेकरमा पराजित काठमाडौं।फ्रान्सलाई नाटकीय रुपमा टाइब्रेकरमा ५–४ ले हराउँदै स्वीट्जरल्याण्ड युरोकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ।टाइब्रेकरमा फ्रान्सका केलियन एम्बाप्पे गोल गर्न चुक्दा विश्वविजेता फ्रान्स प्रिक्वाटरफाइनलबाटै घर फर्किएको हो।निर्धारित तथा अतिरिक्त समयको खेल ३–३ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो।निर्धारित समयमा फ्रान्सका करिम बेन्जेमाले दुई र पाउल पोग्बाले एक गोल गरे।स्वीट्जरल्याण्डका लागि ह्यारिस सेफेरोभिचले २ तथा मारियो गाभ्रानोबीचले एक गोल गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्