रोमाञ्चक जित निकाल्दै स्पेन क्वार्टरफाइलनमा एजेन्सी। क्रोएसियलाई ५-३ ले हराउँदै स्पेनले युरो-२०२०को क्वार्टरफाइनलमा स्थान बनाएको छ। पेड्रीको आत्मघाती गोलबाट क्रोएसियाले २०औं मिनेटमा अग्रता लियो। स्पेनका पाब्लो साराबियाले ३८, सेसर एजप्लिक्वेटाले ५७ र फेर्रान टोरेसले ७७औं मिनेटमा गोल गरे। क्रोएसियाका मिस्लाभ ओर्सिचले ८५ र मारियो पासालिकले इन्जुरी समयमा गोल फर्काए। बराबरीपछि ३० मिनेटको थप समयमा अल्भारो मोराटा र मिकेल ओयार्जाबलले गोल गर्दै स्पेनलाई जिताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्