कोरोना संक्रमणका कारण बेलायतकी कोन्टाले विम्बल्डन नखेल्ने एजेन्सी। तीनपटक ग्राण्डस्लामको सेमिफाइनल खेलिसकेकी जोहाना कोन्टाले कोभिड–१९ संक्रमणका कारण विम्बल्डन टेनिस गुमाउने भएकी छन्। टिममा एक जना संक्रमित भेटिएपछि २७औं वरियाताकी कोन्टाले प्रतियोगिता नखेल्ने निर्णय गरेकी हुन्। अल इङ्ल्यान्ड क्लबका अनुसार संक्रमित व्यक्तिसँग कोन्टा धेरै निकट भएकाले उनी १० दिन सेल्फ–आइसोलेसनमा बस्न लागेकी हुन्। विम्बल्डन आजबाट सुरू हुँदैछ। कोन्टाले २०१७ मा विम्बल्डनको सेमिफाइनल खेलेकी थिइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्