सेरेना विलियम्सले टोकियो ओलम्पिक नखेल्ने एजेन्सी। पूर्वविश्व नम्बर एक सेरेना विलियम्सले टोकियो ओलम्पिक नखेल्ने भएकी छन्। सोमबारबाट सुरू हुने विम्बल्डन टेनिसअघि सरेनाले टोकियो ओलम्पिक नखेल्ने बताएकी हुन्। तर उनले कारण भने खुलाएकी छैनन्। अमेरिकाकी ३९ वर्षीया सेरेनाले ओलम्पिकमा चार पटक स्वर्ण पटक जितिसकेकी छन्। उनले लण्डन ओलम्पिकमा एकल र युगल, सिड्नी आलम्पिकमा युगल र बेइजिङ ओलम्पिकमा युगलतर्फ स्वर्ण पदक जितेकी थिइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्