हामी इतिहास रच्न तयार छौं– साकिरी एजेन्सी। स्विटरल्यान्डका कप्तान ग्रान्ट जाकाले युरो–२०२० को अन्तिम–१६ मा विश्व विजेता फ्रान्सलाई हराउँदै इतिहास रच्ने दाबी गरेका छन्। स्विट्जरल्यान्डले ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा ६७ वर्षदेखि नकआउट चरणमा जित्न सकेको छैन। ‘‘आज स्विट्जरल्यान्डका लागि ठुलो खेल हो,’’ जाकाले भने, ‘‘हाम्रो टिम इतिहास लेख्न तयार छ।’’ स्विट्जरल्यान्डले समूह ‘ए’को तेस्रो स्थानमा रहेर नकआउटमा स्थान बनाएको हो। फ्रान्स समूह ‘एफ’को विजेता हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्