कोपा अमेरिका : ब्राजिल इक्वेडरसँग बराबरीमा रोकियो काठमाडौं।कोपा अमेरिका कप फुटबलमा आयोजक ब्राजिल बराबरीमा रोकिएको छ।समूह बी अन्तर्गत सोमबार बिहान भएको खेलमा ब्राजिल इक्वेडरसँग १–१ गोलको बराबरीमा रोकिएको हो।खेलको ३७ औं मिनेटमा एडर मिलिटाओको गोलबाट ब्राजिलले अग्रता लियो ।तर एन्जल मिनाले ५३ औं मिनेटमा इक्वेडरका लागि बराबरी गोल फर्काए। पछिल्ला १० खेलमा लगातार विजयी भएको ब्राजिलको विजयी यात्रामा ब्रेक लागेको छ। बराबरीसँगै इक्वेडर क्वाटरफाइनलमा पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्