बेल्जियम क्वाटरफाइनलमा, साविक विजेता पोर्चुगल युरोकपबाट बाहिरियो काठमाडौं।साविक विजेता पोर्चुगल युरोकपको प्रिक्वाटरफाइनलबाटै बाहिरिएको छ। गएराति भएको खेलमा पोर्चुगललाई १–० ले हराउँदै बेल्जियमले अन्तिम ८ मा स्थान बनाएको हो।बेल्जियमको जितमा थोर्गन हाजार्डले ४२ औं मिनेटमा निर्णायक गोल गरे। खेलमा पोर्चुगलले केही राम्रा प्रहार गरे पनि बेल्जियमका रक्षक थिबाउट कोर्तुवाले बचाउ गरेका थिए। समूह चरणमा ५ गोल गरेका कप्ताल क्रिस्टियानो रोनाल्डोको जादु बेल्जियमविरुद्ध चलेन। बेल्जियमले अब इटालीसँग खेल्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्