पेरिसिचले युरोकपअन्तर्गत स्पेनविरुद्धको खेल गुमाउने एजेन्सी। क्रोएसियाका फरवार्ड इभान पेरिसिचले युरोकप फुटबल अन्तर्गत स्पेनविरुद्धको खेल गुमाउने भएका छन्। क्रोएसिया एफएले कोरोना पोजेटिभ देखिएपछि पेरिसिचले स्पेनविरुद्धको खेल गुमाउने पुष्टि गरेको हो। युरोकपको नकआउट चरण अन्तर्गत क्रोएसियाले सोमबार स्पेनसँग खेल्दैछ। इटालियन क्लब इन्टर मिलानबाट व्यवसायिक फुटबल खेल्ने पेरिसिचले युरोकपको समूह चरणमा दुई गोल गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्