इटालीको विश्व कीर्तिमान एजेन्सी। इटालीले गएराति अष्ट्रियाविरुद्धको खेलमा अन्तर्राष्ट्रिय फुटबलमा लामो समयसम्म गोल नखाने विश्व कीर्तिमान बनाएको छ। इटालीले अष्ट्रियाविरुद्ध ११४औं मिनेटमा गोल खाएको थियो। इटालीले एक हजार १६८ मिनेटपछि गोल खाएको हो। यसअघि पनि यो कीर्तिमान इटालीकै नाममा थियो। यसअघि गोलकिपर डिनो जोफ भएको बेला १९७२ देखि १९७४ को बीचमा इटालीले एक हजार १४३ मिनेटसम्म गोल खाएको थिएन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्