युरोकपमा नेदरल्याण्ड र चेक रिपब्लिक तथा बेल्जियम र पोर्चुगल भिड्दै काठमाडौं। युरोकप फुटबलमा आज दुई खेल हुँदैछन्। प्रिक्वाटरफाइनल अन्तर्गत आजको पहिलो खेलमा हंगेरस्को पुस्कास एरिनामा नेदरल्यान्ड र चेक रिपब्लिक राति ९ः४५ बजे प्रतिस्पर्धा गर्नेछन्। यो खेलको विजेताले सेमिफाइनल प्रवेशका लागि डेनमार्कसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै राति १२ः४५ मा बेल्जियम र पोर्चुगलबीच खेल हुनेछ। स्पेनको सेभियामा हुने यो खेलको विजेताले अन्तिम चारमा प्रवेश गर्न इटालीसँग खेल्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्