चार पटकका स्वर्ण पदक विजेता फराहले टोकियो ओलम्पिक गुमाउने एजेन्सी।चार पटकको ओलम्पिक स्वर्ण पदक विजेता मो.फराहले टोकियो ओलम्पिक खेल्न नपाउने भएका छन्। म्यानचेस्टरमा सम्पन्न १० हजार मिटर दौडको छनोटमा फराह १९ सेकेण्डले पछाडि परेका हुन्। २७ मिनेट २८ सेकेण्डमा दुरी पार गर्नु पर्नेमा फराहले २७ मिनेट ४७.०४ सेकेण्डमा दुरी पार गरेका थिए। फराहले लन्डन ओलम्पिक र रियो ओलम्पिकमा १० र पाँच हजार मिटर दौडमा स्वर्ण पदक जितेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्