इङ्ल्यान्डका बट्लरले श्रीलंकाविरुद्धको बाँकी खेल गुमाउने एजेन्सी। इङ्ल्यान्डका विकेटकिपर जोस बट्लरले श्रीलंकाविरुद्धको बाँकी खेल गुमाउने भएका छन्। ३० वर्षे बट्लरको बुधबार कार्डिफमा सम्पन्न पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पिँडौलामा चोट लागेको थियो। उक्त खेलमा बट्लरले अविजित ६८ रन बनाएपछि इङ्ल्यान्डले आठ विकेटले विजयी भयो। चोटकै कारण उनले दोस्रो खेल पनि गुमाएका थिए। इङ्ल्यान्डले श्रीलंकाविरुद्ध अब एक ट्वान्टी–२० र तीन एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न बाँकी छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्