राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण आजबाट स्थगित काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजबाट स्थगित भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। स्पेनमा हुने भनिएको आईसीसी विश्वकप क्रिकेट लिग–२ स्थगित भएपछि क्यानले पनि बन्द प्रशिक्षण तत्कालका लागि स्थगित गरेको हो। तथापि खेलाडीहरुले सानो समूह बनाएर कोभिड–१९ प्रोटोकल पालना गर्दै त्रिवि मैदानमा प्रशिक्षक डेभ वाटमोर र फिजियो बिक्रम न्यौपानेले अभ्यास जारी राख्ने जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्