बार्सिलोनाका मुख्य प्रशिक्षक भाल्भार्डे बर्खास्त
काठमाडौं। बार्सिलोनाले मुख्य प्रशिषक इर्नेस्टो भल्भार्डेलाई बर्खास्त गरेको छ।

स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाले भाल्भार्डेको स्थानमा रियाल बेटिसका पूर्व प्रशिक्षक क्विकुए सेटिएनलाई नियुक्त गरेको छ।

भाल्भार्डेको प्रशिक्षणमा बार्सिलोनाले लगातार दुई पटक ला लिगााको उपाधि जितेको थियो।

जारी सिजन बार्सिलोना लिगमा गोलअन्तरले शीर्ष स्थानमा छ।

तथापी भाल्भार्डेको नेतृत्वमा बार्सिलोनाले निरन्तर अप्रत्यासित नतिजा बेहोर्दै आएको छ।

तर, गत सिजन च्याम्पियन्स लिगको सेमिफाइनलबाटै बाहिरिएको थियो।

च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा लिभरपुलविरुद्ध ३-० को अग्रता लिएर पनि पराजित हुनुका साथै कोपा डेल रेको फाइनलमा भ्यालेन्सियासँग पराजित भएपछि भाल्भार्डे दबाबमा रहेका थिए।

जारी सिजन पनि साउदी अरबमा सम्पन्न कोपा डेल रेको सेमिफाइनलमा एट्लेटिको मड्रिडसँग पराजित भएको तीन दिनपछि भाल्भार्डोलाई बार्सिालोनाले बर्खास्त गरेको हो।

जारी सिजन लिगको शीर्ष स्थानमा रहे पनि एथलेटिक बिल्बाओ, ग्रानडा र लेभान्टे जस्तो टिमसँग पराजित हुनुका साथै बार्सिलोनाले ओसासुना, रियाल सोसिडाड र स्पानियोलसँग बराबरी खेलेको थियो।

बार्सिलोनाले ‘क्याटलान बसाईमा भाल्भार्डेले गरेको मिहिनेत, व्यवसायिकता, लगनशिलता, प्रतिबद्धताका साथै टिममा गरेको सकारात्मक परिवर्तनका लागि धन्यवाद’ दिएको छ।

६१ वर्षे सेटिएनले बार्सिलोनासँग साढे दुई वर्षका लागि सम्झैता गरिएको जनाइएको छ।

बार्सिलोना पूर्व मिडफिल्डर जाभी पनि प्रशिक्षक हुने चर्चा थियो।

त्यस्तै टोटेनह्यामका प्रशिक्षक माउरिसियो पोचेटिनो र बार्सिलोना ‘बी’ टीमका जाभी गार्सिया पिमिन्टा पनि बार्सिलोनाको प्रशिक्षक हुने चर्चा थियो।

प्रतिक्रिया दिनुहोस्