साविक विजेता हालेपले विम्बल्डन नखेल्ने एजेन्सी। साविक विजेता सिमोना हालेपले पिँडौलाको चोट राम्रोसँग ठीक नभएको भन्दै विम्बल्डन टेनिस प्रतियोगिताबाट नाम फिर्ता लिएकी छन्। ‘‘साविक विजेताका रुपमा म कोर्टमा फर्किन उत्साहित थिएँ। तर मेरो शरीरले मलाई साथ दिएन,’’ तेस्रो वरियाताप्राप्त २९ वर्षीया हालेपले इन्स्टाग्राममा लेखेकी छन्, ‘‘यस्तो निर्णय गर्नुपर्दा निकै दुःखी छु। अर्को वर्ष पुरानै उत्साह र जोशका साथ आउनेछु।’’ हालेपले फ्रेन्च ओपन पनि गुमाएकी थिइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्