कोपा अमेरिका कप : पाराग्वेद्वारा चिली पराजित काठमाडौं।कोपा अमेरिका कप फुटबलमा पाराग्वे विजयी भएको छ।आज बिहान भएको खेलमा पाराग्वेले चिलीलाई २–० ले हराएको हो। पाराग्वेको जितमा खेलको ३३ औं मिनेटमा सामु र मिगुएल अलमिरनले ५८ औं मिनेटमा पेनाल्टीमार्फत एक एक गोल गरे। यो जितपछि पाराग्वे ३ खेलबाट ६ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ। चिली ५ अंकसहित तेस्रो स्थानमा छ । शीर्ष स्थानको अर्जेन्टिनाको ७ अंक छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्