कोपा अमेरिका कपमा उरुग्वेको पहिलो जित काठमाडौं।कोपा अमेरिकाकप फुटबलमा उरुग्वेले पहिलो जित हात पारेको छ। गएराति भएको खेलमा उरुग्वेले बोलिभियालाई २–० ले हराएको हो।उरुग्वेको जितमा इडिन्सन काभानीले एक गोल गरे भने बोलिभियाका कार्लोस लाम्पेले आत्मघाती गोल उपहार दिएका थिए।यो जितपछि ३ खेलबाट ४ अंक जोडेको उरुग्वे अंक तालिकाको चौथो स्थानमा छ र अघिल्लो चरणमा प्रवेश गर्ने निश्चित भएको छ। अंकबिहीन बोलिभिया भने प्रतियोगिताबाट बाहिरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्