एएफसी महिला एसिया कपको ‘ड्र’ सार्वजनिक काठमाडौ । एसियन फुटबल संघ (एएफसी)ले एएफसी महिला एसिया कप छनोटको ‘ड्र’सार्वजनिक गरेको छ। बिहिबार सार्वजनिक भएको ‘ड्र’अनुसार नेपाल समूह ‘एफ’मा छ। यससमूहमा नेपालसँगै फिलिपिन्स र हङकङ परेका छन्। छनोटका खेलहरु नेपालमै गराउने एन्फाको तयारी छ।छनोटका लागि एसियाका २८देशलाई आठ समूहमा विभाजन गरिएको छ। समूह विजेता टोली आउँदो जनवरी२०देखि फरवरी६सम्म भारतमा सञ्चालन हुने हुने एएफसी वुमन्स एसिया कपमा छनोट हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्