पुनरागमनमा ब्राजिलको जित एजेन्सी। रोबर्टो फिर्मिनो र कासेमिरोको गोलमा ब्राजिलले उत्कृष्ट पुनरागमन गर्दै कोपा अमेरिकामा कोलम्बियालाई २–१ ले हराएको छ। लुइस डियाजले दशौं मिनेटमा गरेको गोलबाट कोलम्बियाले अग्रता लियो। फिर्मिनोले ७८औं मिनेटमा बराबरी गोल फर्काए। इन्जुरी समयमा नेइमारको पासमा कासेमिरोले गोल थपेपछि ब्राजिलले जित पक्का गर्यो। समूह ‘बी’मा ब्राजिल ९ अंकका साथ शीर्ष स्थानमा छ। कोलम्बिया दोस्रो स्थानमा छ।
प्रतिक्रिया दिनुहोस्