हंगेरीसँग बराबरी खेलेको जर्मनी युरोकपको अन्तिम १६ मा काठमाडौं। हंगेरीसँग २–२ गोलको बराबरी खेलेको जर्मनी समूह एफबाट उपविजेता बन्दै अन्तिम १६ मा पुग्दा हंगेरी प्रतियोगिताबाट बाहिरिएको छ। जर्मनीका लागि काइ हाभर्टस् र लियोन गोरेट्ज्काले गोल गरे भने हंगेरीका आन्द्रेस साफेर र एडम जालाईले एक एक गोल गरे। यो बराबरीसँगै जर्मनीले समूहमा ४ अंक जोड्दै उपविजेता बनेको हो। फ्रान्ससँग १–० ले पराजित भएको जर्मनीले पोर्चुगललाई ४–२ ले हराएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्