नेदरल्यान्ड्सका फरवार्ड डी जोङले युरो–२०२० को बाँकी खेल गुमाउने एजेन्सी। नेदरल्यान्ड्सका फरवार्ड लुक डी जोङले चोटका कारण युरो–२०२० को बाँकी खेल गुमाउने भएका छन्। डी जोङको मंगलबार ट्रेनिङ गर्नेक्रममा घुँडामो चोट लागेको थियो। डी जोङले दश मिनेटमात्र खेल्न पाए। उनी युक्रेनविरुद्ध ८८ र अष्ट्रियाविरुद्ध ८२ औं मिनेटमा मैदान छिरेका थिए। डी जोङले नेदरल्यान्ड्सबाट ३८ खेलमा आठ गोल गरिसकेका छन्। नेदल्यान्ड्सले समूह ‘सी’को विजेता बन्दै नकआउटमा स्थान बनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्