सावित्राको उपचार कतारमा हुने काठमाडौं। राष्ट्रिय महिला लिग खेल्ने क्रममा चोट बोकेकी राष्ट्रिय महिला टोलिकी स्ट्राईकर सावित्रा भण्डारी (साम्बा)को उपचार कतारमा हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार सावित्राको उपचार कतारमा हुने जनाएको हो। सावित्रा उपचारका लागि शनिबार कतार प्रस्थान गर्नेछिन्।यसअघि कतार फुटबल एसोसियसनकै सहयोगमा राष्ट्रिय पुरुष फुटबल टोलीका दुई सदस्य विमल घर्ति मगर र विक्रम लामा पनि उपचार दोहामा गरिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्