मोनाकोसँग बराबरीमा रोकियो पिएसजी

काठमाडौं। नेइमारले दुई गोल गरे पनि साविक पेरिस सेन्ट जर्मेन (पिएसजी) गएराति फ्रेन्च लिग वानमा मोनाकोसँग ३-३ को बराबरीमा रोकिएको छ।

ब्राजिलियन फरवार्ड नेइमारले तेस्रो मिनेटमै पिएसजीलाई अग्रता दिएका थिए। तर, पिएसजीको अग्रता लामो समय टिक्न सकेन।

भ्रमणकारी मोनाकोका गेल्सन मार्टिन्सले सातौं मिनेटमा बराबरी गोल फर्काए।

त्यसको ६ मिनेट वित्न नपाउँदै बेन एडरको गोलमा मोनाकोले अग्रता लियो।

मोनाकोका फोडे बालो-टोउरेको आत्मघाती गोल उपहारमा पिएसजीले २४औं मिनेटमा बराबरी गर्‍यो।

४२औं मिनेटमा नेइमारको गोलमा पिएसजीले पूनः अग्रता लियो।

तर, ७०औं मिनेटमा स्लाम स्लिमानीले बराबरी गोल फर्काएपछि पिएसजी घरेलु मैदानमा अंक बाड्न बाध्य भयो।

केलियन एमबाप्पे र इडिसन काभानीले इन्जुरी समयमा पाएको राम्रो सदुपयोग गर्न सकेनन्।

बराबरीका बाबजुद पिएसजी ४६ अंकका साथ शीर्ष स्थानमा छ।

जुन दोस्रो स्थानको मार्सिलेको भन्दा पाँच अंकले बढी हो।

मोनाको भने २९ अंकका साथ आठौं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्