युभेन्टस शीर्ष स्थानमा उक्लियो

काठमाडौं। क्रिष्टियानो रोनाल्डोले गोल गरेको दिन साविक विजेता युभेन्टसले गएराति एएस रोमालाई २-१ ले हराउँदै इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ।

युभेन्टसले उपाधि होडमा रहेको इन्टर मिलानलाई दुई अंकले पछि पारेको छ।

माउरिसियो सारीको युभेन्टसले पहिलो दश मिनेट मिनेटमै दुई गोलको अग्रता लिएको थियो।

पाउलो डिबालाको फ्रिकिकमा मेरिह डेमिरलले तेस्रो मिनेटमै युभेन्टसलाई अग्रता दिएका थिए।

दशौं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युभेन्टसको अग्रता दोब्बर बनाए।

रोमाका जोर्डन भेरेतुले डिबालालाई फाउल गरेपछि युभेन्टसले पेनाल्टी अवसर पाएको थियो।

६८औं मिनेटमा डिएगो पेरोटीले पेनाल्टीमा गरेको गोलमा रोमाले पुनरागमनको संकेत गरेको थियो तर सफल भएन।

जितपछि १९ खेलबाट ४८ अंक जोडेको युभेन्टस शीर्ष स्थानमा उक्लियो।

अघिल्लो दिन एन्टोनियो कोन्टेको इन्टर मिलान एटलान्टासँग १-१ को बराबरीमा रोकिएको थियो।

हारसँगै रोमा पाँचौं स्थानमा झरेको छ।

प्रतिक्रिया दिनुहोस्