६१ वर्षपछि टेष्ट क्रिकेटमा दक्षिण अफ्रिकी बलरको ह्याट्रिक एजेन्सी। दक्षिण अफ्रिकाका बायाँहाते स्पिनर केशव महाराज टेष्ट क्रिकेटमा दक्षिण अफ्रिकाबाट ह्याट्रिक विकेट लिने दोस्रो खेलाडी बनेका छन्। सोमबार राती वेस्ट इन्डिजविरुद्धको दोस्रो टेष्टको चौथो दिन केशवले ह्याट्रिक विकेट लिएका हुन्। यसअघि दक्षिण अफ्रिकाका तीव्र गतिका बलर ज्योफ ग्रिफिनले १९६०अर्थात् ६१वर्षअघि इंग्ल्यान्डविरुद्ध ह्याट्रिक लिएका थिए। महाराजले दोस्रो इनिङको ३७औं तेस्रो, चौथो र पाँचौ बलमा वेष्टइन्डिजका तीन ब्याट्सम्यानलाई पभेलियन फर्काएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्