नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु काठमाडौं। स्पेनमा आयोजना हुने आईसीसी डिभिजन–२ अन्तर्गत स्कटल्याण्ड र नामिबियासँगको त्रिकोणात्मक एकदिवसीय श्रृंखलाका लागि नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु भएको छ। खेलाडी र अफिसियलको कोरोना परीक्षणपछि नेपाली टोलीले आजैबाट कीर्तिपुरस्थित टियु मैदानमा प्रशिक्षण सुरु गरेको हो। मुख्य प्रशिक्षक डेभ वाटमोरको नेतृत्वमा टिमले तयारी थालेको हो। स्कटल्याण्ड र नामिबियासँगको श्रृंखला जुलाई अन्तिममा हुने तालिका रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्