चेक रिपब्लिकविरुद्ध इंग्ल्यान्ड : को बलियो? एजेन्सी। युरोकप फुटबलअन्तर्गत आज राती १२ः४५ बजे चेक रिपब्लिक र इंग्ल्यान्ड भिड्दैछन्। यी दुई टोलीबीच हालसम्म चारपटक प्रतिस्पर्धा भएको छ। जसमा इंग्ल्यान्डले २ खेल जितेको छ भने चेक रिपब्लिकले १ खेल जितेको छ। दुई टोलीबीचको एक खेल बराबरीमा सकिएको छ। समूह ‘डी’बाट नकआउट चरणमा स्थान बनाउन सबै टोलीको सम्भावना खुल्ला छ। आजको खेलमा बराबरी खेलेमा दुवै टोली नकआउटमा पुग्नेछन्।
प्रतिक्रिया दिनुहोस्