अग्विरोको कीर्तिमानी ह्याट्रिकमा सिटीको रबाफ

काठमाडौं। सर्जियो अग्विरोको ह्याट्रिकप्रेरित म्यानचेस्टर सिटी गएराति एस्टन भिल्लालाई ६-१ ले हराउँदै इङ्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ।

अग्विरोको यो १२औं ह्याट्रिक हो। यससँगै उनी प्रिमियर लिगमा सबभन्दा धेरै गोल गर्ने विदेशी खेलाडी बनेका छन्।

अर्जेन्टिका फरवार्ड अग्विरोले थिएरी अनरीलाई पछि पार्दै फ्रांक लामपार्डको १७७ गोलसँग बरबरी गरेका छन्।

अग्विरोले २५५ खेलमा यो गोल गरेका हुन्।

एलेन शेएरर (२६०), वाइन रूनी(२०८) र एन्डी कोल(१८७) तीन जनामात्र अग्विरोभन्दा माथि छन्।

अग्विरोको ह्याट्रिक संख्या भने कीर्तिमान हो।

"आजको जित र नयाँ कोशेढुंगा बनाउन सफल भएकोमा म धेरै खुशी छु। महान खेलाडी अनरी, लामपार्ड र एलेन शेएररको बीचमा आफूलाई उभ्यान पाउँदा गर्व लागेको छ", अग्विरोले भने, "यो सम्भव बनाउन मलाई सहयोग गर्नुहुने सबैप्रति आभारी छु। सिटी र मेरो परिवारको साथ विशेष छ। यो सफलता मेरो छोरा बेन्जामिनलाइ समर्पित गर्दछु।"

एस्टन भिल्लाको भने खराब प्रदर्शन हो। भिल्ला पार्कमा २०१६ फ्रेब्रुअरीमा लिभरपुलसँग ६-० ले पराजित भएपछि एस्टन भिल्लाको यो सबभन्दा फराकिलो हार हो।

हारसँगै एस्टन भिल्ला रेलिगेशन क्षेत्रमा धकेलिएको छ।

अग्विरोबाहेक सिटीका लागि अन्य गोल रियाद महारेजले दुई तथा गाब्रियल जिससले एक गोल गरे। जितसँगै ४७ अंक जोडेको सिटी दोस्रो स्थानमा उक्लिएको छ।

सिटीले लेस्टर सिटीलाई दुई अंकले पछि पारेको हो। एक खेल कम खेलेको लिभरपुल भने ६१ अंकका साथ शीर्ष स्थानमा छ।

लिभरपुलभन्दा सिटी अझै १४ अंकले पछि छ।

२०११ मा एट्लेटिको मड्रिडबाट सिटीले ४ करोड पाउण्डमा अग्विरोलाई अनुबन्ध गर्दा धेरैले पैसा खेर फालेको भनेका थिए।

अग्विरोले डेब्यू खेलमै स्वान्सी सिटीविरुद्ध दुई गोल गरेका थिए। त्यसपछि उनी रोकिएका छैनन्।

३१ वर्षे अग्विरोले क्लबको कीर्तिमानी धेरै गोल गर्ने खेलाडी हुन्।

सिटीबाट सबै खाले प्रतियोगितामा २५० गोल संख्या पुर्याउनबाट अग्विरो एक गोलले मात्र पछि छन्।

"उनी असाधारण खेलाडी हुन्", सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले भने, "उनी हाम्रो क्लबमा हुनु गर्वको कुरा हो। एकदिन उनले कीर्तिमान बनाउनेछन्।"

प्रशिक्षक ग्वार्डिओलाले मेसीपछि अग्विरो विश्वकै दोस्रो उत्कृष्ट खेलाडी भएको बताए। "मेसी उत्कृष्ट हुन्", ग्वार्डिओलाले थपे, "मेसी नम्बर ९, १०, ११, ६, ४ हुन्। तर, त्यसपछि अग्विरो हुन्।"

प्रतिक्रिया दिनुहोस्