मास्चेरानोको कीर्तिमानसँग मेस्सीको बराबरी एजेन्सी। अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले राष्ट्रका लागि सर्वाधिक खेल खेल्ने जाभियर मास्चेरानोको कीर्तिमानीसँग बराबरी गरेका छन्। ब्राजिलमा जारी कोपा अमेरिका कपअन्तर्गत मंगलबार बिहान पाराग्वेविरूद्धको खेलसँगै मेस्सीले आफ्ना पूर्वसहकर्मी मिडफिल्डर मास्चेरानोको नाममा रहेको १४७ खेलको कीर्तिमानसँग बराबरी गरेका हुन्। आफ्नो कीर्तिमानसँग बराबरी गरेपछि मास्चेरानोले मेस्सीलाई बधाई दिएका छन्। ३७ वर्षीय मास्चेरानोले २०१८ को विश्वकपपछि अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्