युक्रेनलाई हराउँदै अस्ट्रिया नकआउट चरणमा एजेन्सी। युक्रेनमाथि १–० को जितसहित अस्ट्रिया युरोकपको नकआउट चरणमा प्रवेश गरेको छ। अस्ट्रियाको जितमा क्रिस्टोफ बौमगार्टनरले २१ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। जितसगै ६ अंक जोडेको अस्ट्रिया समूह'सी'को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो। हारका बाबजुद युक्रेनको समूहको तेस्रो स्थानमा रहने उत्कृष्ट चार टिममा रहेर अन्तिम १६ मा स्थान बनाउने सम्भावना बाँकी छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्