कोभिड–१९ परिक्षणका लागि क्रिकेट खेलाडीको स्वाब संकलन काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमको पीसीआर परिक्षणका लागि आज स्वाब संकलन गरिएको छ। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, नामिविया र स्कटल्यान्डबीचको त्रिदेशीय शृंखलाका लागि नेपाल क्रिकेट संघ क्यानले आजबाट औपचारिक बन्द प्रशिक्षण सुरू गरेको छ। क्यानले १९ खेलाडी र तीन अफिसियलसहित २२ जनाको स्वाब संकलन गरेको जनाएको छ। बन्द प्रशिक्षणमा बोलाइएको पृथु बास्कोटा अमेरिकामा भएका कारण अनुपस्थित छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्