डेम्बेलेले युरो–२०२० को बाँकी खेल गुमाउने एजेन्सी। चोटका कारण फ्रान्सका विंगर औसमान डेम्बेले युरो-२०२० का बाँकी खेल गुमाउने भएका छन्। शनिबार समूह ‘एफ’मा हंगेरीविरुद्धको खेलमा डेम्बेले घाइते भएका हुन्। ५७औं मिनेटमा मैदान छिरेका डेम्बेलले घुँडामा चोट लागेपछि ८७औं मिनेटमा बाहिरिएका थिए। फ्रान्स हंगेरीविरुद्ध १-१ को बराबरीमा रोकिएको थियो। समुह ‘एफ’मा ४ अंकसहित फ्रान्स शिर्ष स्थानमा छ। समूहको अन्तिम खेलमा फ्रान्सले पोर्चुगलविरुद्ध खेल्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्