वर्षाले फेरि रोकियो भारत र न्युजिल्यान्डबीचको टेष्ट
एजेन्सी। भारत र न्युजिल्यान्डबीचको आईसीसी विश्व टेष्ट च्याम्पियनसीप फाइनल खेल वर्षाले पुनः प्रभावित भएको छ। इङ्ल्यान्डको साउथह्याम्पटनमा जारी टेष्टको चौथो दिनको खेल सुरू हुन सकेको छैन। वर्षाकै कारण फाइनल खेलको पहिलो दिन पनि ‘वास आउट’ भएको थियो। भारतले पहिलो इनिङमा २१७ रन बनाएको थियो भने न्युजिल्यान्ड तेस्रो दिन सकिँदा १०१/२ को स्थितिमा छ।
प्रतिक्रिया दिनुहोस्
