कोपा अमेरिकामा आज राति चिली र उरुग्वे भिड्दै एजेन्सी।कोपा अमेरिका फुटबल प्रतियोगितामा आजराति चिली र उरुग्वे भिड्दै छन्।ब्राजिलको एरिना पन्तानलमा हुने खेल नेपाली समयअनुसार राति २ः४५ बजेदेखि सुरु हुनेछ।त्यस्तै प्रतियोगिताको दोस्रो खेलमा भोलि बिहान अर्जेन्टिना र पराग्वेबीच प्रतिस्पर्धा हुँदैछ। स्टाडियो नासिओनल रंगशालामा हुने खेल बिहान ५ः४५ बजेबाट सुरु हुनेछ।प्रतियोगिताको समूह ‘बी’मा रहेको अर्जेन्टिना अंकतालिकाको शीर्ष स्थानमा छ भने चिली दोस्रो, पराग्वे तेस्रो र उरुग्वे चौथो स्थानमा छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्